दफा ५७५
नासो सम्बन्धी करार भएको मानिनेः

(१) एक व्यक्तिले अर्को व्यक्तिलाई कुनै वस्तु आफूलाई नै फिर्ता दिने वा निजले अह्राए बमोजिम अरु कसैलाई हस्तान्तरण वा बिक्री गर्ने गरी कुनै वस्तु राख्न दिएकोमा नासो सम्बन्धी करार भएको मानिनेछ ।स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “वस्तु” भन्नाले चलन चल्तीमा रहेको मुद्रा बाहेक कुनै चल सम्पत्ति र त्यस्तो सम्पत्तिमा रहेको अधिकार समेत सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम करार गर्दा पच्चीस हजार रूपैयाँभन्दा बढी मूल्य पर्ने वस्तु नासो राखेको भए लिखत गर्नु पर्नेछ ।